scheduleबिहिवार आश्विन १५ गते, २०७७

विश्‍वकप विजेता खेलाडी इकर कासिलासद्वारा सन्यासको घोषणा

काठमाडौं, २० साउन । स्पेनका पूर्वकप्तान एवम् गोलरक्षक इकर कासिलासले व्यावसायिक फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनले सामाजिक सञ्‍जालमार्फत आफूले सन्यास लिएको जानकारी गराएका हुन् ।

पछिल्लो समय फ्रेन्च क्लब पोर्टोमा रहेका कासिलास गत वर्ष अभ्यासकै क्रममा हृदयघातको शिकार भएका थिए । त्यसयता उनले कुनै पनि फुटबल प्रतियोगिता खेलेका छैनन् ।

उनले स्पेनका लागि १६७ खेल खेलेका छन् । उनैको कप्तानीमा पहिलोपटक स्पेनले सन् २‍०१० को विश्‍वकप फुटबल जितेको थियो ।

स्पेनिस क्लब रियल मड्रिडबाट सन् २००९ देखि २०१५ सम्म क्लब फुटबल खेलेका कासिलास त्यसयता पोर्टोमा आबद्ध थिए ।

उनी रियलका लागि दोस्रो सर्वाधिक खेल खेल्ने खेलाडी समेत हुन् । उनले रियल मड्रीडबाट पाँच पटक स्पेनिस लालिगा तथा ३ पटक यूरोपियन च्याम्पियन्स् लिग समेत जितेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय