scheduleबिहिवार आश्विन ८ गते, २०७७

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

कपिलवस्तु, २० साउन । स्रोत नखुलेको १६ लाख रुपैयाँसहित कपिलवस्तुबाट एकजना पक्राउ परेका छन् । जिल्लाको मायादेवी गाउँपालिका १ पकडीका ३६ वर्षीय विनोद सोनार उक्त रकमसहित पक्राउ परेका हुन् ।

भारतबाट नेपाल आउदै गरेका उनलाई विशेष सूचनाका आधारमा मायादेवी गाउंपालिका ४ को गोब्ली बगैंचाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताएका छन् ।

पक्राउ परेका सोनारको साथबाट १ हजार रुपैयाँका १२ गड्डी र ५ सय रुपैयाँका नोटका ८ गड्डी बरामद गरेको उनले बताए ।

पक्राउ परेका सोनार र १६ लाख रुपैयाँ सुठौली भन्सार कार्यालयमा बुझाइएको छ । ती व्यक्तिले नेपालबाट भारततर्फ सुनको अवैध कारोवार गर्दै आएको प्रहरीको दाबी छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय