scheduleबिहिवार आश्विन १५ गते, २०७७

जम्मु-कश्मिर र जुनागढ समेटेर पाकिस्तानले पनि जारी गर्‍यो नयाँ नक्सा

काठमाडौं, २० साउन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेका छन् । उक्त नक्सामा जम्मु-कश्मिर र गुजरात क्षेत्रमा पर्ने जुनागढलाई समावेश गरिएको छ ।

‘यो पाकिस्तानको लागि ऐतिहासिक दिन हो,’ मन्त्रिपरिषद बैठकले नयाँ नक्सा पास गरेपछिको पत्रकार सम्मेलनमा प्रधानमन्त्री खानले भने ।

भारतको विदेश मन्त्रालयले पाकिस्तानको उक्त कदमबारे मंगलबार साँझसम्म कुनै प्रतिक्रिया नदिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतका केही अधिकारीहरुले पाकिस्तानको कदमलाई ‘नक्साको मतिभ्रम’को संज्ञा दिएका छन् । भारतले जम्मु-कश्मिर र लद्दाख क्षेत्रको स्वायत्तता अन्त गरेको एक वर्ष पूरा हुन लागेको अघिल्लो दिन पाकिस्तानले नयाँ नक्सा सार्वजनिक गरेको हो ।

भारतले नेपाली भूमि अतिक्रमण गरेपछि नेपालले पनि यसअघि नयाँ नक्सा सार्वजनिक गरेको थियो श्र

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय