scheduleशनिवार आश्विन १० गते, २०७७

राफेल नाडालले यस वर्ष युएस ओपन नखेल्ने

काठमाडौं, २१ साउन । विश्‍व नम्बर २ टेनिस खेलाडी राफेल नाडालले यो वर्ष युएस ओपन टेनिस नखेल्ने घोषणा गरेका छन् ।

डिफेन्डिङ च्याम्पियन समेत रहेका नाडालले कोरोना संक्रमण नियन्त्रणमा नआइसकेको भन्दै अर्को महिना हुन लागेको युएस ओपन नखेल्ने घोषणा गरेका हुन् ।

युएस ओपन आगामी अगस्ट ३१ अर्थात भदौ १५ देखि अमेरिकाको न्यूयोर्कमा सुरु हुँदैछ ।

गतवर्षको युएस ओपन टेनिसको फाइनलमा डानिल मेडभेडेभलाई हराउँदै नाडालले उपाधि जितेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय