scheduleबिहिवार आश्विन १५ गते, २०७७

पर्साकी एक युवतीमा मृत्युपश्‍चात् कोरोना पुष्‍टि

वीरगञ्‍ज, २१ साउन । पर्सामा एक युवतीमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

सुरुमा पखाला लागेर त्यसपछि अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको हो ।

उनी पर्साको पोखरिया बस्दै आएकी थिइन् ।

योसँगै कोरोना संक्रमणबाट पर्सामा मात्र १३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय