scheduleमगलवार आश्विन ६ गते, २०७७

डाइनोसारलाई पनि हुन्थ्यो क्यान्सर, वैज्ञानिकहरुले पत्ता लगाए अनौठो तथ्य

एजेन्सी, २१ साउन । पहिलोपटक अनुसन्धानबाट डाइनोसारलाई पनि क्यान्सर हुने प्रमाणित भएको छ । ७.६ करोड वर्ष पुरानो डाइनोसारको जुन हाड भाँचिएको मानिँदै आइएको थियो, त्यहाँ मेलिगनेन्ट क्यान्सरको पुष्टि भएको हो । यो हाड १९८९ मा क्यानडाको अल्बर्टा प्रान्तमा डाइनोसारको जीवाष्म भेटिएको थियो ।

लेंसेट अन्कोलोजी जर्नलमा प्रकाशित रिपोर्टका अनुसार, शाकाहारी डाइनोसारको उक्त हाडमा गडबडी ओस्टियोसारकोमाको कारण भएको थियो । यो हाडमा हुने क्यान्सर हो । अहिलेसम्म उक्त हड्डी भाँचिएको वा बिग्रिएको मानिँदै आइएको थियो । यसको ट्यूमर स्याउभन्दा ठूलो हुन्छ ।

टोरन्टो स्थित रोयल ओन्टेरियो म्यूजियका जीवाष्म वैज्ञानिक डेभिड इवांसका अनुसार हाड ६ मिटर लामो छ । यो हाड क्रेटेशियस कालको हो । त्यतिबेला चार खुट्टै डाइनोसार शाकाहारी हुन्थे ।

उक्त हड्डी डाइनोसारको ओअर बोनको हो । त्यहाँ ट्युमर भेटिएको छ । जुन क्यान्सरको पछिल्लो स्टेजमा पुगिसकेको थियो । यो स्याउको आकारभन्दा ठूलो बनिसकेको थियो ।

७.६ करोड वर्ष पुरानो सेन्टेरोसोरस डाइनोसार मृत्यूभन्दा पहिला क्यान्सरका कारण अत्यधिक कमजोर बनेको अनुसन्धानको नतिजामा उल्लेख गरिएको छ । अनुसन्धानबाट पत्ता लागेअनुसार डाइनोसारमा यस्ता कयौं रोगहरु हुनसक्थ्यो जुन सामान्यतः मानिस र अन्य जनावरमा पनि देखिन्छ । जस्तो क्यान्सर पनि ।

अनुसन्धानबाट क्यान्सर कुनै नयाँ रोग नभएको पुष्टि भएको पनि अनुसन्धानबाट खुलेको छ । अनुसन्धाता डा. मार्क क्राउथरका अनुसार ओस्टेरियोसार्कोमा हाडमा हुने क्यान्सर हो । यो रोग सामान्य त बच्चा र युवामा हुन्छ । उक्त डाइनोसारमा क्यान्सर तीव्ररुपमा बढिरहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय