scheduleबिहिवार आश्विन १५ गते, २०७७

संसारकै कान्छी प्रधानमन्त्रीले फुटबलरसँग विवाह गरिन्

एजेन्सी, २१ साउन । फिनल्याण्डकी प्रधानमन्त्री सना मारिनले आइतबार आफ्नो मित्र मार्कस रायकोनेनसँग विवाह गरेकी छिन् ।

उनीहरु १६ वर्षदेखि नजिक रहँदै आएका थिए । सना संसारकै सबैभन्दा कान्छी राष्ट्रप्रमुख हुन् ।

विवाहमा केवल ४० जना पाहुना उपस्थित थिए । सनाले इन्स्टाग्राममा आफैंले विवाहबारे जानकारी दिएकी छिन् । उनले विवाहको शुभकामना दिएकोमा आभार समेत व्यक्त गरेकी छिन् ।

विवाहपछि सनाले भनेकी छिन्, ‘हामी युवा अवस्थादेखि सँगै थियौं । एक वर्षअघि देखि थप नजिक भयौं । अहिले एक सुन्दरी छोरीको बाबु-आमा पनि हौं । मार्कस तिमीले मलाई सधैं साथ दियौ । यसका लागि धन्यवाद ।’

उनीहरुको विवाह अगाडि जन्मिएकी छोरी दुई वर्षकी भइसकेकी छिन् ।

उनीहरुले स्कूल र क्याम्पस सँगै पढेका थिए । मार्कस फिनल्याण्डको फुटबल टिममा रहिसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय