scheduleआइतवार आश्विन ११ गते, २०७७

कोरोना सङ्क्रमण मुक्त जिल्ला भयो पाल्पा

पाल्पा, २१ साउन । पाल्पा कोरोना सङ्क्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा देखिएका सबै सङ्क्रमित डिस्चार्ज भई घर फर्किएसँगै जिल्ला कोरोना मुक्त भएको हो ।

जिल्लामा हालसम्म ५६१ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन् । कोरोना सङ्क्रमणको उच्च जोखिमको रुपमा पहिचान बनाएपनि पछिल्लो समय भारत लगायत तेस्रो मुलुकबाट आउने व्यक्ति नआएका कारण सक्रमण नथपिएको हुनसक्ने चिकित्सकहरू बताउँछन् ।

जिल्लामा ३९०७ जनाको पीसीआर परीक्षण भएकोमा ५६१ जनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमित मध्ये ५१५ जना पुरुष र ४६ जना महिला रहेका छन् ।

जिल्लामा अहिले आसोलेशनमा एकजना पनि कोरोना सङ्क्रमित बिरामी नभएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिएको वा नफैलिएको बारेमा जानकारी लिन जिल्लाका व्यापारी, पत्रकार, सुरक्षाकर्मी र बैक तथा वित्तिय संस्थामा बसेर समुदायसँग दिनहुँ सम्पर्कमा रहने व्यक्तिहरुको नमुना परीक्षण गरिएको छ ।

समुदाय स्तरका ११८ जनाको पीसीआर परिक्षण भएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना नभएको आएको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय