scheduleबिहिवार आश्विन १५ गते, २०७७

एकैदिन १६०० ले बढ्यो सुन, तोलामा नाघ्यो १ लाख

काठमाडाैं, २१ साउन । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउले रेकर्ड ब्रेक गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सोमबार र मंगलबार स्थिर रहेको चाँदीको भाउ बुधबार तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेका, सुनको उत्पादनमा कमी आएको तथा कोरोना सङ्क्रमणका कारण सुनको भाउ निरन्तर बढिरहेको महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय