scheduleबिहिवार आश्विन ८ गते, २०७७

पोखराका ९ जनामा कोरोना संक्रमण पुष्‍टि

पोखरा, २१ साउन । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमण पुष्‍टि हुने सबैजना कास्कीका हुन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १५५२ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका १७ देखि ५७ वर्ष उमेर समूहका ९ जना पुरुषमा संक्रमण पुष्‍टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ ।

प्रदेशभर निको हुनेको संख्या १३५४ पुगेको निर्देशनालयले जानकारी दिएको छ । हालसम्म ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय