scheduleबिहिवार आश्विन १५ गते, २०७७

बुधबार थप ३८१ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१३९०

काठमाडौं, २१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३८१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १३० जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार १५६ पुगेको छ ।

बुधबारसम्म ९ हजार ९२५ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ६ हजार १७४ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ३५९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख १२ हजार ९५३ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप दुईजनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ६० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय