scheduleशनिवार आश्विन १० गते, २०७७

चितवनका एकजनामा कोरोना संक्रमण पुष्टि

चितवन, २१ साउन । भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका-२ का ७९ वर्षीय वृद्ध रहेका छन् ।

भरतपुर अस्पतालमा साउन २१ गते परीक्षण गरिएका १५२ स्वाब नमूनाहरुमध्ये एकजनामा संक्रमण देखिदाँ १५१ वटा नमूनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

चितवनमा पछिल्ला १२ दिनमा पहिलोपटक संक्रमण देखिएको हो ।

हाल चितवनमा ७ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय