scheduleबिहिवार आश्विन ८ गते, २०७७

विराटनगरमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु

विराटनगर, २१ साउन । विराटनगरमा बुधबार मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

विराटनगर महानगरपालिका– ९ का ४५ वर्षका एक पुरुषको बुधबार दिउँसो मृत्यु भएको थियो । त्यस्तै, रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षका पुरुषको भने अस्पताल ल्याउने क्रममा बुधबार बिहान मृत्यु भएको थियो । उनिहरु दुबैको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय