scheduleसोमवार आश्विन १२ गते, २०७७

प्रदेश नं २ मा दुईको मृत्यु, २२७ नयाँ सङ्क्रमित थपिए

जनकपुर, २१ साउन । प्रदेश नं २ मा आज कोरोनाको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ भने २२७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

वीरगञ्ज–१५ बस्ने ४५ वर्षीय पुरुष र पर्साको पोखरिया–८ की १८ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ ।

योसमेत गरी यो प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । सोमध्ये १४ जना पर्सा जिल्लाबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा फेला परेका २२७ जना नयाँ सङ्क्रमितमा ४१ जना महिला रहेका छन् । सोअनुरुप पर्सामा १४७, धनुषामा २३, सर्लाहीमा १९ , महोत्तरीमा १४, सिरहामा चार र सप्तरीमा एक जना रहेको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले बताए ।

योसमेत गरी यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २७२ पुगेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय