scheduleबिहिवार आश्विन ८ गते, २०७७

काठमाडौं उपत्यका लगायत संक्रमण उच्च भएका ठाउँमा भोलिदेखि जोर विजोर प्रणाली लागू

काठमाडौं, २१ साउन । सरकारले कोरोना संक्रमण उच्च भएका ठाउँहरुमा भोलिदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू गरिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता  सहसचिव चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा तथा उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाहरुमा सवारी साधन सञ्‍चालनमा जोर विजोर प्रणाली लागू हुनेछ ।

सरकारले असार २६ गतेदेखि निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्लाभित्र र अन्य ठाउँमा जिल्लाभित्र सार्वजनिक यातायात सञ्‍चानल गर्न अनुमति दिएको थियो । त्यसैगरी भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय पनि गरिएको थियो ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर बढिरहेको र त्यसकारण जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाव दिएका थिए ।

त्यसैगरी सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्नबाट पनि रोक लगाएको छ । कोरोनाको बढ्दो संक्रमणलाई मध्येनजर गर्दै बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । अत्यावश्‍यक सेवामा भने यो लागू हुने छैन ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय