scheduleबुधवार आश्विन १४ गते, २०७७

सप्तरीमा मृत्यु भएकामध्ये एकजनामा कोरोना संक्रमण पुष्टि

सप्तरी, २१ साउन । सप्तरीमा बुधबार दिउँसो मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अन्य दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

सप्तरीको रुपनी गाउँपालिका-५ का ४५ बर्षीय पुरुषमा मृत्युपश्चात् कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीसहित तीनजनाको बुधबार दिउँसो ज्यान गएको थियो ।

मृतक पुरुषमा ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएकोमा उनको बाटोमै मृत्यु भएको थियो ।

करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएका उनी होम क्वारेन्टिनमा थिए ।

यसैबीच दिउँसो मृत्यु भएका ७१ वर्षीय र ७४ वर्षीय वृद्धमा भने कोरोना संक्रमण देखिएन । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका दुई जनाको पनि मृत्यु भएपछि स्वाब संकलन गरी जाँच गरिएको थियो ।

योसँगै नेपालमा आज बुधबार एकैदिन ६ जनाको कोरोनाका कारण ज्यान गएको छ । यसअघि विहान पर्सामा दुईजना, साँझ मोरङमा दुईजना र काठमाडौंमा पनि एकजनाको मृत्यु भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय