scheduleबिहिवार आश्विन १५ गते, २०७७

सरकारले उल्लेख्य काम गरेको छ, जनस्तरबाट स्वागत हुनुपर्छः मुख्यमन्त्री पोखरेल

तुलसीपुर, २२ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारले केही गरेन भनेर गलत प्रचार गरिएको बताएका छन् । बुधबार दाङ लमहीस्थित नर्ती खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले सरकारले हरेक क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै जनस्तरबाट पनि सरकारका कामको स्वागत हुनुपर्ने बताएका हुन् ।

प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले खानेपानीका लागि संरचना बनाएर मात्रै नपुग्ने भन्दै पानीको स्रोत संरक्षणमा ध्यान दिन उपभोक्तालाई आग्रह गरे ।

दाङ पानीको स्रोत कम भएको जिल्लाका रुपमा रहेको भन्दै उनले जलासय निर्माण गरेर पानीको स्रोत संरक्षण गर्नुपर्नेमा जोड दिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागतमा उक्त खानेपानी आयोजना निर्माण भएको हो । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय