scheduleआइतवार आश्विन ४ गते, २०७७

फेसबुकमा पनि मेटिए ट्रम्प

काठमाडौं, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पटकपटक सामाजिक सञ्जालमा झूटो सूचना शेयर गर्ने गरेको आरोप लाग्ने गरेको छ । यसअघि ट्विटरले उनको स्टाटसमाथि प्रश्न उठाएर कदम उठाएको थियो ।

यसबारे कुनै कदम नउठाएको भन्दै आलोचना खेपिरहेको फेसबुकले पनि अन्ततः ट्रम्पविरुद्ध कदम उठाएको छ । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट मेटिदिएको हो । फेसबुकले कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई मेटेको यो पहिलो पटक हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको फेसबुकले स्पष्ट पारेको छ ।

ट्रम्पले स्टाटससँगै फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि शेयर गरेका थिए । ‘कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन्,’ ट्रम्पले भिडियोमा भनेका थिए ।

‘यस भिडियोमा कोरोना भाइरसबारे गलत दाबी गरिएको छ । यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा छौं,’ फेसबुकका प्रवक्ताले भनेका छन् ।

राष्ट्रपति ट्रम्पको स्टाटस डिलिट भएकोबारे ह्वाइट हाउसले अहिलेसम्म मुख खोलेको छैन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय