scheduleबिहिवार आश्विन ८ गते, २०७७

गण्डकीका ४ जिल्लामा थपिए ११ जना संक्रमित

पोखरा, २२ साउन । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक बिहीबार विहान जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा गोरखाका ६ जना, नवलपरासी पूर्वका ३ जना तथा कास्की र पर्वतका एक-एकजना रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १५६६ पुगेको छ ।

राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गोरखाको बारपाक सुलिकोटका २ जना तथा सिरानचोकका एक पुरुष र गोरखा नगरपालिकाका एक महिलामा संक्रमण पुष्‍टि भएको हो ।

त्यसैगरी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गोरखाको पालुङटार नगरपालिकाका २ पुरुषमा पनि संक्रमण देखिएको छ ।

पोखरामै गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका-४ का २२ वर्षीय पुरुष र पर्वतको कुश्‍मा नगरपालिका-१३ की ३० वर्षीया महिलामा संक्रमण पुष्‍टि भएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका ३ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशभर हालसम्म निको हुनेको संख्या १३६२ रहेको छ भने ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय