scheduleआइतवार आश्विन ४ गते, २०७७

मोदीको नेतृत्वमा कोरोना संक्रमणको नयाँ नयाँ रेकर्ड बनाउँदै भारत

काठमाडौं, २२ साउन । कोरोना महामारी नियन्त्रणमा कुशलतापूर्वक काम गरिरहेको जिकिर गर्ने नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतले कोरोना संक्रमणको नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार त्यहाँ कोरोना भाइरसका संक्रमितहरु विश्वमै सबैभन्दा बढी थपिएका छन् ।

बुधबार अमेरिकामा ५४ हजार ८९० र ब्राजिलमा ५४ हजार ६८५ संक्रमित थपिँदा भारतमा ५६ हजार ६२६ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार भारतका लागि पनि यो संख्या नयाँ रेकर्ड हो । भारतमा एकै दिन भएको यो सबैभन्दा उच्च संक्रमण हो ।

भारतमा कोरोना संक्रमणका कारण हुने मृत्यूको तथ्यांक पनि बढिरहेको छ । बुधबार त्यहाँ ९१९ जनाको मृत्यू भयो जुन भारतमा एकैदिन कोरोनाका कारण भएको सबैभन्दा उच्च मृत्यू हो । योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या १९ लाख ६३ हजार २३९ पुगेको छ ।

बुधबारसम्म भारतमा कोरोना संक्रमणका कारण ४० हजार ७३९ जनाको मृत्यू भएको छ ।

देशमा कोरोना महामारी उच्च भइरहेको बेला प्रधानमन्त्री ओली मन्दिर बनाउन व्यस्त रहेको भन्दै एकाथरीले उनको आलोचना गरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय