scheduleसोमवार आश्विन १२ गते, २०७७

विराटनगरमा १३ जना कोरोना संक्रमित थपिए

विराटनगर, २२ साउन । विराटनगरमा कोरोनाका १३ जना नयाँ संक्रमित थपिएका छन् । पाँच महिला र आठ पुरुष गरेर बुधबारराति १३ जना नयाँ संक्रमित थपिएका हुन् ।

विराटनगरमा समुदायस्तरमा कोरोना फैलिएको छ । महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार कोशी अस्पतालको प्रयोगशालमा गराएको स्वाब परीक्षण रिपोर्ट बुधबार राति प्राप्त भएको हो ।

कार्कीका अनुसार रिपोर्ट पोजिटिभ देखिएका नयाँ संक्रमित विराटनगर महानगरपालिका–२, ६, ७, ८, १०, ११, र १३ वडाका छन् । कार्कीले उल्लेखित ठेगाना र नामको संक्रमित पहिचान र खोजी तथा व्यवस्थापनका लागि बिहीबार बिहानबाटै टोली खटिएको जानकारी दिए ।

नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक सय ८३ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय