scheduleआइतवार आश्विन ११ गते, २०७७

यसै साता ओलीलाई भेटेका मन्त्री यादवलाई कोरोना संक्रमण

जनकपुरधाम, २२ साउन । यही साता प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले जानकारी दिएसँगै बालुवाटारसम्म तरङ्ग पुगेको छ ।

आइतवार काठमाडौंबाट फर्केर सोमवार स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आए पछि बालुवाटार पनि सशंकित बनेको हो । आइतबार काठमाडौंबाट आउनुअघि देशका शीर्ष नेताहरूसँग उनले भेटघाट गरेका थिए ।

मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सामेल भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन् । उनले भेटघाट गरेको तस्बिर पनि बाहिरिएको थियो जहाँ ओली र मन्त्री साह नजिकै देखिन्छन् ।

यादव प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेपछि प्रदेश २ फर्किएका हुन् ।

मन्त्री यादवले कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कोरोनाको कुनै लक्षण नरहेको स्पष्ट पारेका छन् । ‘हिजो मेरो रिपोर्ट पनि पोजेटिभ आएको छ। तर, यससँग डराउनु पर्ने आवश्यकता छैन। सर्तकता अपनाई यससँग अहिले लड्नु पर्ने आवश्यकता छ,’ उनले भने ।

होम आइसोलेसनमा बसेका मन्त्री यादवले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन सबैसँग अपिल गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय