scheduleआइतवार आश्विन ४ गते, २०७७

हुरीबतासले दर्जन रुख ढले, अवरुद्ध सडक पुनः सञ्चालनमा

टिस्टुङ, २२ साउन । गएराति वर्षासँगै चलेको हुरीबतासका कारण त्रिभुवन राजपथको दामन नजिकैको जङ्गलमा दर्जनौँ ठूला रुखहरू ढलेका छन् । हुरीबतासले राजपथको शिखरकोट–दामन खण्डको नयाँगाउँ भन्ने स्थानमा दर्जनौँ उतीसका रुख ढलेको स्थानीय ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका सदस्य राजकुमार पन्थले जानकारी दिए ।

रुख ढलेर सडक नै छेकिएपछि मध्यराति केहीबेर यातायात अवरुद्ध भएको थियो । सवारी चालक र सहयोगीहरुले ढलेका रुख पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको थियो । आज बिहान सडक विभागका स्थानीय कर्मचारीले सडकमा ढलेका रुख हटाएपछि सडक पूर्णरूपमा सञ्चालनमा आएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय