scheduleशनिवार आश्विन १० गते, २०७७

आकाशिएको सुनको भाउमा अर्को रेकर्ड ब्रेक

काठमाडाैं, २२ साउन । आकाशिएको सुनको भाउमा अर्को नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुन तोलामा ११ सय रुपैयाँ बढेर प्रतितोला एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

बुधबार तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ बिहिबार ११ सय रुपैयाँले बढेको हो । बुधबार सुन तोलामा १ लाख १ हजार ४ सय निर्धारण भएको थियो ।

यस्तै, चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंश २८ डलरले बढेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय