scheduleआइतवार आश्विन ११ गते, २०७७

वीरगन्जमा थपिए ४३ कोरोना संक्रमित, नेपाली सेनाका १० जना

काठमाडाैं, २२ साउन । बिहीबार वीरगन्जमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १० जना नेपाली सेनाका र दुई जना स्वास्थ्यकर्मी पनि रहेका छन् ।  संक्रमितमध्ये २ जना बारा र ४१ जना पर्साका रहेका उनीहरू ७ देखि ७३ वर्ष उमेर समूहका छन्।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा पुष्टि भएको हो। बुधबार पनि वीरगन्जमा १ सय ३३ जनामा संक्रमण देखिएको थियो।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय