scheduleबिहिवार आश्विन ८ गते, २०७७

पोखराका ७ वर्षीय बालकसहित गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण

पोखरा, २२ साउन । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक बिहीबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्‍टि हुनेमा कास्कीका ४ जना, स्याङ्जाका २ जना तथा, गोरखा तनहुँ र पर्वतका एक-एकजना रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १५७५ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखराको पिसीआर प्रयोगशालमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ८ का ७, १४ वर्षीय बालक र ८२ वर्षीय वृद्ध गरी ३ पुरुष तथा ७२ वर्षीया १ महिलामा संक्रमण देखिएको हो ।

त्यसैगरी स्याङ्जाको फेदीखोलाका २७ र ३१ वर्षीय दुईजना पुरुषमा पनि संक्रमण पुष्‍टि भएको छ ।

पोखरामै गरिएको परीक्षणमा पर्वतको महाशिलाका ४० वर्षीय पुरुष, गोरखाको पालुङटारका ३९ वर्षीया महिला र तनहुँको व्यास ठेगाना भएकी २७ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यसअघि आजै विहान मात्र गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय