scheduleबिहिवार आश्विन ८ गते, २०७७

४२ सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा १६ संक्रमित भेटिए

इलाम, २२ साउन । बिहीबार एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ। यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो। साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब सङ्कलन गरेर पठाइएको थियो। हालसम्म यस गणमा जम्मा ४६ सशस्त्रमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए ।

उनका अनुसार जिल्लामा हालसम्म दुई नेपाली सेना र एक प्रहरीमा समेत कोरोना पुष्टि भइसकेको छ भने अन्य गरी इलाममा कोरोना सङ्क्रमितको सङ्ख्या ७६ पुगेको छ।

त्यस्तै १५ गते नै इलामको रोङ गाउँपालिकाबाट समेत १५४ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाइनमा बसेका, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको रिपोर्ट नेगेटिभ आएको हो ।

कारोना फोकल पर्सन बरालका अनुसार इलाममा समुदायमा कोरोना नफैलिएकाले ढुक्क हुन सर्वसाधारणलाई उनले आग्रहसमेत गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय