scheduleबिहिवार आश्विन ८ गते, २०७७

काडमाडाैं उपत्यकामा ह्वात्तै बढ्यो संक्रमण, बिहिबार थपिनेको संख्या ८७

काठमाडाैं, २२ साउन । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ जना  कोरोना संक्रमित थपिएका छन् ।  आज देशभर  कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडाैंमा ७६ जना , ललितपुरमा १० जना  र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज  थप २३३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३८९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय