scheduleबिहिवार आश्विन ८ गते, २०७७

स्वास्थ्य मन्त्रालयले भन्यो- उपत्यकामा अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ

काठमाडौं, २२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको दर बढेकाले अप्ठ्यारो परिस्थिति सिर्जना भएको बताएका हुन् ।

गौतमले भने – ‘संक्रमित दर बढेकाले अप्ठ्यारो परिस्थिति छ। कुनै पनि सरकारी, सामुदायिक र निजी कार्यालयहरूमा कुनै पनि बैठक, छलफल वा सेमिनार बन्द गर्नु’ ,  ‘छलफल गर्नुपरे भर्चुअल विधिबाट गर्न अपिल गर्दछौं।’

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ८७ जनामा  संकमण पुष्टि भएको छ। संक्रमितहरु काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरका १० जना रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय