scheduleबिहिवार आश्विन ८ गते, २०७७

स्याङ्जामा एक साता लकडाउन

LOckdown_Sketch_Sajhapost

स्याङ्जा, २२ साउन । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक साताको लागि बन्दाबन्दी गर्ने निर्णय गरेको छ । बुधबार बसेको डिसिसिएमसीको बैठकबाट बढ्दो संक्रमणलाई दृष्टिगत गरी शुक्रबारदेखि साउन २९ सम्म बन्दाबन्दीलाई निरन्तरता दिने निर्णय भएको हो ।

यो अवधिमा अत्यावश्यक वस्तु र सेवा बाहेकका वस्तु र सेवा प्रवाह नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बन्दाबन्दीको समयमा हरेक दिन राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिंडडुल समेत निषेध गर्ने गृह मन्त्रालयको आदेशलाई जिल्लामा पूर्णरुपमा कार्यान्वयन गरिने पनि प्रशासनले जनाएको छ ।

उक्त निर्णयविरुद्ध हुने गतिविधि भएमा र स्वास्थ्य सुरक्षाका मापदण्ड विपरित सार्वजनिक स्थलमा मास्क नलगाउने, सामाजिक र भौतिक दूरी कायम नगर्ने, नगराउने, भेला, जम्मा, गोष्ठी, सेमिनार, भोजभतेर लगायत निषेधित क्रियाकलाप भए गरेको पाइएमा कारबाही गरिने पनि प्रशासनले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय