scheduleमगलवार आश्विन ६ गते, २०७७

सत्तारुढ पार्टीमा विवाद चुलिँदा धमाधम नियुक्ति, यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु

काठमाडौं, २२ साउन । सत्तारुढ पार्टीमा विवाद चुलिँदै जाँदा सरकारले धमाधम राजनीतिक नियुक्तिलाई तीव्रता दिएको छ । पछिल्लो मन्त्रिपरिषद बैठकले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को यही साउन १९ गते बसेको बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेका डा. उप्रेती काभ्रेका स्थायी बासिन्दा हुन् ।

बैठकले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । उनले बुधबार पदभार ग्रहण गरिसकेका छन् । उक्त नियुक्ति नेकपाभित्र विवादमा छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गरिएको जानकारी दिए ।

यस्तै, बेरुजु फर्छ्योट मूल्यांकन र अनुगमन समितिको सदस्यसचिवमा रमा जोशी दुलाललाई दुई वर्षका लागि मनोनयन गरिएको छ ।

सन्धि सम्पन्न गर्नेसम्बन्धी निर्देशिका, २०७६ को मस्यौदामा स्वीकृति प्रदान, वैयक्तिक गोपनीयतासम्बन्धी नियमावली, २०७७ स्वीकृत गर्नेलगायतका विभिन्न १८ ओटा निर्णयहरु मन्त्रिपरिषद्को सो बैठकले गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय