scheduleशनिवार आश्विन १० गते, २०७७

दुबईको अर्थतन्त्रमा ७४ प्रतिशतले गिरावट

काठमाडाैं, २२ साउन । संयुक्त अरब इमिरेट्स (दुबई) को अर्थतन्त्रमा ७४ प्रतिशतले गिरावट आएको छ । कोरोना भाइरसको महामारीका कारण वर्षको पहिलो त्रैमासिकमा प्रत्यक्ष विदेशी लगानी एफडीआईमा ७४ प्रतिशतले कमी आएको हो ।

दुबई मध्य–पूर्वको सबैभन्दा ठूलो वित्तीय र कारोबारी केन्द्र हो । जहाँ पछिल्लो ६ महिनामा मात्रै १२ अर्ब दिरहामको लगानी भित्रिएको छ । गत वर्ष यसै अवधिमा ४६ अर्ब दिरहाम विदेशी लगानी भित्रिएको थियो ।

दुबईको इन्भेस्टमेन्ट डेभलपमेन्ट एजेन्सी (दुबई एफडीआई) का प्रमुख कार्यकारी निर्देशक फहद अल–जरगावीका अनुसार कोरोना भाइरसको महामारीका कारण विश्वभर कै आर्थिक गतिविधि कमजोर हुँदा त्यसको प्रत्यक्ष प्रभाव दुबईको अर्थतन्त्रमा परेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय