scheduleमगलवारमाघ ६ गते, २०७७

वीरगञ्‍जमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्‍टि

वीरगञ्‍ज, २२ साउन । पर्साको वीरगञ्‍जस्थित अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्‍टि भएको छ । वीरगञ्‍ज महानगरपालिका–१० आदर्शनगरका ५६ वर्षीय ती पुरुषको बिहीबार विहान मृत्यु भएको थियो ।

मधुमेह तथा मुटुको रोगबाट ग्रसित उनलाई श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि बुधबार साँझ नारायणी अस्पताल अन्तर्गतकाे कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

अवस्था गम्भीर बन्दै गएपछि उनलाई गएरातिदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा उनको आज विहान ज्यान गएको अस्पतालले पुष्‍टि गरेको थियो ।

त्यसपछि स्वाब संकलन गरेर परीक्षण गर्दा आज अपरान्ह आएको रिपोर्टअनुसार उनमा कोरोना देखिएको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

योसँगै पर्सामा मात्र कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । पछिल्लो समयमा पर्सामा संक्रमण र मृत्युको दर बढ्दो क्रममा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay