scheduleशनिवार आश्विन १० गते, २०७७

दक्षिणी धादिङमा भीषण वर्षा, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ, २२ साउन । दक्षिण धादिङमा एक्कासि भीषण वर्षा भएपछि ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

विहीबार साँझ अचानक भीषण वर्षा हुँदा पृथ्वी राजमार्गमा पर्ने हिलटप, फुर्के खोला, सोतीखोला, गलौदी, जरेखेत लगायतका ठाउँमा राजमार्ग अवरुद्ध भएको हो ।

बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्गमा सामान्य अवरोध भएकोले केहीबेरमै राजमार्ग सुचारु गरिने गजुरी प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय