scheduleबिहिवार आश्विन ८ गते, २०७७

नदीले बगाउँदा दुई जना बेपत्ता

गोरखा, २२ साउन । गोरखाको सिरानचोक गाउँपालिकामा नदी तर्ने क्रममा बगाउँदा बिहीबार दुई किशोर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पालुङटार नगरपालिका–१ का १५ बर्षीय प्रज्वल श्रेष्‍ठ र १६ बर्षका सविन श्रेष्‍ठ रहेका छन् ।

प्रहरीका अनुसार दिउँसो फुटबल खेल हेर्न भनेर गएका चार जनामध्ये दुईजनालाई दरौंदी नदी तर्ने क्रममा नदीले बगाएको थियो ।

उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय