scheduleबिहिवार आश्विन ८ गते, २०७७

एसिड प्रहारबाट आमाछोरी घाइते

काठमाडौं, २२ साउन । काठमाडौंको चुच्चेपाटीमा एक पुरुषले आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गरेका छन् ।

हेटौंडा घर भई काठमाडौंको चुच्चेपाटी बस्दै आएका राजन विष्टले आपसी विवादका क्रममा श्रीमतीमाथि एसिड छ्यापेको र सोही क्रममा छोरीलाई पनि एसिड लागेको बताइएको छ ।

स्रोतका अनुसार ती पुरुषले मादक पदार्थ समेत सेवन गरेका थिए ।

घाइते आमाछोरीलाई अस्पताल लगिएको छ भने ती अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

केही समयअघि पनि काठमाडौंमा एकजना २२ वर्षीया युवती माथि एसिड प्रहार भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय