scheduleसोमवार आश्विन १२ गते, २०७७

वर्तमान सरकार कतै सद्दामपथमा त हिंडेकाे छैन ?

आरसी अधिकारी

सद्दाम हुसेनका समर्थकहरुले ‘सद्दाम हुसेन- जिन्दावाद !’ को नाराले आकाशसम्म थर्काइरहेका थिए । तर पुरै देशका जनता रोग भोकले त्राही-त्राही गरिरहेका थिए ।

मानिसहरूलाई एक छाकको खाना पनि बन्द भइसकेको थियो । एक दिन मानिसहरू सडकमा झुण्डका झुण्ड आएर उभिए । उनीहरु आफ्नो परिवारका सदस्यहरुको हात थामेर घरबाट बाहिर आएका थिए । आमाहरूले काखमा साना-साना बच्चाहरु थिए, पुरुषहरुले साना-साना बच्चाहरुको औंला समातेका थिए ।

सडकमा आउनेहरु मध्ये वृद्ध बा-आमाहरु पनि थिए । जवान पनि थिए र युवतीहरु पनि । कुनै एक वर्ग समूह होइन, हर वर्ग समूहका मानिसहरु थिए ।

मानिसहरू सडकमा निस्किनु स्वतःस्फुर्त थियो । कसैले उनीहरुको नेतृत्व गरिरहेका थिएनन्, न उनीहरु कसैको नेतृत्व स्वीकार गर्न तयार थिए । बगदादका सडकहरु मनुष्यको भीडले भरिए ।

उनीहरू कुनै विद्रोही या क्रान्ति गर्न आएका थिएनन् । उनीहरु निहत्था थिए, उनीहरुले हात पछाडि बाधेर राखेका थिए । बच्चाहरुको पनि पछाडि बाधेको हातको औंला समातेका थिए ।

मर्माहत बनाउने दृश्य थियो ।

मिडियाकर्मीहरुको मन उनीहरूलाई देखेर पग्लिरहेको थियो ।

आरसी अधिकारी

मानिसहरुको मुखबाट निस्किरहेको थियोे- ‘हामी कुनै विद्रोह या क्रान्ति गर्न होइन, भोको पेटको लागि रोटी र रोगी शरीरको लागि औषधि माग्न आएका हौ ।
“हामीलाई रोटी देऊ, औषधि देऊ ।

‘हाम्रा बच्चाहरु भोका छन्, बिरामी छन् – उनीहरूको भोक र रोग हामीले देख्न सकिरहेका छैनौं ।’

सद्दाम हुसेनका सशस्त्र सेना र पुलिसहरु उनीहरूको बाटो रोक्न तीव्र रूपमा बढेर आएपछि पूरा जनसमूह सडकमा थचक्क बस्यो ।

‘हामी पहलपहमा मर्न चाहँदैनौ, हामीलाई गोली हानेर मारिदेओ । हाम्रो जिन्दगी समाप्त गरिदेओ ।’

सेना र पुलिसलाई देख्नेबित्तिकै नागरिकहरु गिड्गिडाएर मृत्यु माग्न सुरु गरे ।

भोकले आलसतालस भएका बच्चाहरु रुन थाले । उनीहरूको करुण रोदनबाट धर्ती-आकाश थर्किन थाल्यो ।

महिलाहरु छाती पिटि-पिटि- ‘मृत्यु देऊ- मृत्यु देऊ’ भन्न थाले । पुरुषहरुले शीर ठोक्दै भन्न सुरु गरे- ‘गोली हान- मृत्यु देऊ ।’

मिडियाले कभरेज गरिरहेको थियो । लाइभ टेलिकास्ट गरिरहेको थियो ।

राजनीतिज्ञहरुले सद्दामको अस्वीकारलाई “हठधर्मिता” को नाम दिए । बुद्धिजीविहरुले भने- सद्दाम हुसेन मानसिक रूपमा पुरै कमजोर भइसकेका छन्, इराकको आर्थिक कमजोरीको साथ- साथै सद्दाम हुसेनको सोच र बुझाइ पनि कमजोर भएको छ ।

बगदादका सडकहरुको भोक र मृत्युको मागको आवाज र दृश्य, आफ्नो महलमा बसिरहेका सद्दाम हुसेन र उनका परामर्शदाताहरुको दृष्टिमा पनि आइरहेको थियो । बच्चाहरुको करुण रोदन सुन्नेबित्तिकै सद्दामको मन एकदमै पग्लियो ।

उनी जुरुक्क कुर्सीबाट उठे र अनायासै उनको मुखबाट निस्कियो- ” बस भयो, अब भयो ।

हात बाधेर उनी अशान्त हुँदै यताउता हिंड्दै फतफताउन थाले- ‘हे ईश्वर, म तिम्रो सामुन्ने कुन मुख लिएर आऊँ ?’

उनी फरक्क फर्किए र घुडा टेक्दै दुवै हात माथि उठाएर भन्न थाले- ‘हे परमेश्वर ! मलाई हिम्मत दिनुहोस् । म व्यक्तिगत स्वार्थका कारण हस्तक्षेपकारीहरुको विरुद्धमा लडिरहेको थिएँ तर मुलुकका जनतालाई कुन आँखाले भोकै र औषधि नपाएर मरिसकेको हेर्न सक्छु ? आज मेरो व्यक्तिगत स्वार्थ र घमण्डका कारण जनताले धेरै दुःखित छन् । अब मेरो एक मात्र बाटो छ- म घुँडा टेकिदिन्छु । अन्ततः सद्दामले इराकी जनतासँग माफी मागे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय