scheduleबिहिवार आश्विन १५ गते, २०७७

सिरहाका कोरोना संक्रमित युवकको मृत्यु

धरान, २३ साउन । सिरहाका एकजना कोरोना संक्रमित युवकको बिहीबार राति उपचारका क्रममा ज्यान गएको छ ।

सिरहाको गोलबजारका २३ वर्षीय युवकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठान धरानमा मृत्यु भएको हो ।

विगत केही वर्षदेखि मृगौलाको समस्या रहेका ती युवक डायलाइसिसका लागि धरान गएका थिए । त्यसैक्रममा उनलाई बुधबार कोरोना संक्रमण पुष्‍टि भएको थियो ।

उनको शव गृहजिल्ला सिरहा लैजाने तयारी भइरहेको जनाइएको छ । शव सेनाले व्यवस्थापन गर्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय