scheduleशनिवार आश्विन १० गते, २०७७

सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडाैं, २३ साउन । साताको अन्तिम दिन शुक्रबार सुनको मुल्यले नयाँ  रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ शुक्रबार  तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

बिहिबार तोलामा ११ सय रुपैयाँ बढेको सुन तोलाको एक लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएको तर उत्पादन कम भएको र चीन र अमेरीकाबीच द्वन्द्व बढ्दै गएको र कोरोना भाइरसको महामारीका कारण सुनको भाउ लगातार उकालो लागेको महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय