scheduleबिहिवार आश्विन ८ गते, २०७७

गण्डकी प्रदेशमा थपिए ४ जना संक्रमित

पोखरा, २३ साउन । गण्डकी प्रदेशमा थप चार जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक शुक्रबार विहान जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा कास्कीका २ जना तथा स्याङ्जा र नवलपरासी पूर्वका एक-एकजना रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १५७९ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठान पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ८ का २० र ५१ वर्षीय दुईजना पुरुषमा संक्रमण देखिएको छ । यही वडामा हिजो एकै परिवारका ४ जनामा संक्रमण देखिएको थियो ।

त्यसैगरी क्षयरोग उपचार केन्द्र पोखरामै गरिएको परीक्षणमा नवपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिकाका ४४ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा स्याङ्जाको गल्याङ नगरपालिकाका वडा नं का ३ का २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशभर हालसम्म निको हुनेको संख्या १३८३ पुगेको छ भने ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय