scheduleबिहिवार आश्विन १५ गते, २०७७

सप्तरीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी, २३ साउन । सप्तरीमा १८ जना कोरोना संक्रमित थपिएका छन् ।

बिहिबार राजविराज वडा नम्बर ४ का ३३ बर्षीय पुरुष राजविराज ६ की ५५ बर्षीया महिला तथा वडा नम्बर खुल्न नसकेको दुई जना ४० र ३१ र ३८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार  छिन्नमस्ता गाउँपालिका ४ की २५ बर्षीया महिला तथा वडा नम्बर ५ का दुई जना उमेर नखुलेका पुरुष, रुपनी गाउँपालिका ६ का २४ बर्षीय पुरुष, महादेवा गापा २ का दुई जना ३७ बर्षका तथा ३६ र ३४ बर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका २ को उमेर नखुलेका ३ जना पुरुष,  ७ का उमेर नखुलेका एक जना पुरुषमा  संक्रमण पुष्टि भएको छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सय ५८ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय