scheduleबिहिवार आश्विन ८ गते, २०७७

पोखराका ८ जनामा कोरोना संक्रमण पुष्‍टि

प्रतिक भट्ट

पोखरा, २३ साउन । पोखरामा शुक्रबार दिउँसो थप ८ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ३ महिला र ५ पुरुष गरी ८ जनामा संक्रमण पुष्‍टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगर वडा नं १९ का ५८, ६८ र ८८ वर्षीया महिला तथा ५७, ६०, ६० वर्षीय पुरुषहरुमा संक्रमण पुष्‍टि भएको छ ।

पोखरा महानगर स्वास्थ्य महाशाखाका अनुसार वडा नं १९ का संक्रमितको पहिलो चरणको कन्ट्‍याक्ट ट्रेसिङबाट गरिएको परीक्षणमा ती व्यक्तिहरुमा संक्रमण पुष्‍टि भएको हो । अब दोस्रो चरणको कन्ट्‍याक्ट ट्रेसिङ पनि सुरु गरिने महाशाखाले बताएको छ ।

 

 

 

त्यसैगरी पोखरा महानगरपालिका वडा नं १५ की ३२ वर्षीया महिला र वडा नं ३२ का १९ वर्षीय एकजना पुरुषमा पनि संक्रमण देखिएको छ ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको जनाइएको छ ।

यसअघि आजै विहान पोखराका २ जना सहित गण्डकी प्रदेशमा ४ जनामा संक्रमण पुष्‍टि भएको थियो ।

गण्डकी प्रदेशमा अब कुल संक्रमितको संख्या १५८७ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय