scheduleशनिवार आश्विन १० गते, २०७७

परीक्षणको दायरा फराकिलो बनाउँदै उडान सुचारु गर्न बुद्ध एयरको माग, भाडादर घट्यो

काठमाडौं, २३ साउन । बुद्ध एयरले परीक्षणको दायरा फराकिलो बनाउँदै आन्तरिक उडान सुचारु गर्नुपर्ने माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले भाडादर पनि घटाएको जनाएको छ ।

‘हाल आन्तरिक वायु सेवालाई बन्द गरिएको अवस्थामा सर्वसाधारण नेपालीहरु यात्राका लागि तरकारी भ्यान, एम्बुलेन्स, ट्रक, बसमा कोचिएर मात्रै हैन, दशौं हजार रुपियाँ खर्च गर्न बाध्य छन् । घण्टाभरमै यात्रा गर्न सक्नेमा केही दिन लगाएर यात्रा गरिरहेका छन्,’ बुद्ध एयरले भनेको छ, ‘यस्ता यात्रुहरुलाई राज्यले यात्रा गर्नबाट रोक्नु भनेको मौलिक अधिकारको हन्न गर्नु हो । तसर्थ यात्रालाई सहज बनाउँदै, कोभिड–१९ को चेकजाँचको दायरा फराकिलो बनाउनु राज्यको दायित्व हो ।’

विषम् परिस्थितिमा हरेक नेपालीले सजिलै र सस्तो हवाई यात्रा गर्ने उद्देश्यले बुद्ध एयर भदौ १ देखि हुने हवाई उडानका लागि भाडादर पनि न्यून तोकेको जनाएको छ ।

बुद्ध एयरले संक्रमणरिहत हवाई यात्राका लागि प्रतिवद्ध जनाउँदै भनेको छ, ‘यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहोरो तापत्र्रम चेकजाँच, ह्याण्ड सेनिटाइज तथा फेशशिल्डको प्रयोग अनिवार्य बनाएका छौं ।’

विदेशमा यसैगरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु भइसकेको पनि बुद्ध एयरले स्मरण गराएको छ । बुद्ध एयरका अनुसार भदौ १ गतेदेखि हुने उडानका लागि विराटनगरका लागि ३ हजार, भैरहवाका लागि २ हजार ७ सय, नेपालगञ्जका लागि ४२ सय, पोखराका लागि १९ सय, भद्रपुरका लागि ३४ सय, जनकपुरका लागि २७ सय र धनगढीका लागि ५४ सय रहने जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय