scheduleआइतवार आश्विन ११ गते, २०७७

रेशम चौधरी अस्पताल भर्ना

फाइल फोटो

काठमाडौं, २३ साउन । सांसद रेसम चौधरी अस्पताल भर्ना भएका छन्।

दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भर्ना भएको डिल्ली बजारस्थित  कारागारका जेलर गणेश आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार चाैधरीमा केही दिनदेखि मुटु दुख्‍ने र खुट्टा सुनिने समस्या देखापरेको थियो ।

पाँच वर्ष अगाडि भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका उनी राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय