scheduleमगलवार आश्विन ६ गते, २०७७

आइतबारदेखि काठमाडौं उपत्यकामा दुई साता अत्यावश्यक बाहेक अन्य सेवा बन्द

काठमाडौँ, २३ साउन । काठमाडौँ उपत्यकामा आइतबारदेखि अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू दुई साता बन्द हुने भएका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको जिल्ला प्रशासन कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि यस्तो निर्णय गरेको हो ।

काठमाडौँ उपत्यकामा सरकारले बिहीबारदेखि जोरबिजोरमात्र सवारी साधन सञ्चालन गर्ने निर्णय गरिसकेको छ भने उपत्यकामा बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरिसकेको छ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय