scheduleआइतवार आश्विन ११ गते, २०७७

शुक्रबार काठमाडाैं उपत्यकामा थपिए १०६ संक्रमित

काठमाडाैं, २३ साउन । शुक्रबार विगत २४ घण्टामा काठमाडाैं उपत्यकामा १०६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको जानकारी दिए।

संक्रमितमध्ये ललितपुरमा १० जना, भक्तपुरमा ४ जना र काठमाडाैंमा ९२ जना थपिएको मन्त्रालयले जनाएको छ ।

यो सहित देशभर  हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। त्यस्तै हालसम्म मृतक ७१ जनामा कोरोना पुष्टि भएको छ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय