scheduleआइतवार आश्विन ४ गते, २०७७

सुत्केरीको मृत्युको अभियोगमा चिकित्सक पक्राउ

जनकपुर, २३ साउन । गलत समूहको रगत चढाएपछि एक सुत्केरीको मृत्यु भएको अभियोगमा जनकपुरका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर–६ स्थित रामजानकी अस्पतालमा सुत्केरी भएकी महोत्तरीको गौशाला नगरपालिकाको भरतपुर बस्ने २३ वर्षीया गङ्गादेवी महतोको शुक्रबार बिहान मृत्यु भएपछि चिकित्सक पक्राउमा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सो अस्पतालमा गङ्गादेवीको सुत्केरीका लागि बिहीबार बेलुकी ९ बजे शल्यक्रिया गरिएको थियो । उनले छोरीको जन्म दिएकी छन् । शल्यक्रिया गरिएको कारण महतोलाई रगतको अभाव भएको थियो । चिकित्सकले उनका आफन्तलाई ‘ओ पाजिटिभ’ समूहको रगतका लागि नमूनासहित पठाएको थियो ।

जनकपुरस्थित रक्त सञ्चार केन्द्रले ओ पोजिटिभ समूहको रगत दिनुपर्ने ठाउँमा बी पोजिटिभ समूहको रगत दिएको बताइएको छ । मृतकका पति राजकुमारले ल्याएको सो रगतलाई चिकित्सकले जाँच नगरी चढाउँदा समूह फरक परेपछि नकारात्मक असरले मृत्यु भएको बताइएको छ । अस्पताल र रेडक्रसको चरम लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तले कडा कारवाहीका साथै क्षतिपूर्तिको माग गरेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय