scheduleआइतवार आश्विन ११ गते, २०७७

वीरगञ्‍जका मृतक वृद्धमा कोरोना संक्रमण पुष्‍टि

वीरगञ्‍ज, २३ साउन । वीरगञ्‍जस्थित अस्थायी कोभिड विशेष अस्पतालमा मृत्यु भएका एकजना वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्‍ज महानगरपालिका ३ छप्कैयाका ६५ वर्षीय वृद्धको शुक्रबार विहान मृत्यु भएको थियो । त्यसपछि स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्‍टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

चार-पाँच दिनसम्म ज्वरो आएपनि निको भइसकेका उनमा बिहीबार राति श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि परिवारका सदस्यले एडभान्स अस्पताल लगेका थिए । अक्सिजन दिए पनि काम नगर्दा उनलाई नेशनल मेडिकल कलेजमा लगिएको तर भर्ना नलिइएपछि अस्थायी कोभिड अस्पतालमा लगिएको थियो ।

त्यहाँ अक्सिजन दिएर उपचार गर्ने क्रममा नै उनको शुक्रबार विहान मृत्यु भएको हो ।

योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । पछिल्लो समय वीरगञ्‍जमा संक्रमण र मृत्युको दर व्यापक रुपले बढेको छ । पर्सा जिल्लाभर निषेधाज्ञा पनि जारी गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय