scheduleमगलवार आश्विन ६ गते, २०७७

भारतको केरलमा विमान अवतरणका क्रममा दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

तस्वीर: हिन्दुस्तान टाइम्स

एजेन्सी, २३ साउन । दुबईबाट भारत आएको एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ जहाज शुक्रबार साँझ केरलको कोजिकोड विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । घाइतेको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

दुर्घटनामा जहाजका दुई पाइलटसहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मृतकको संख्या बढ्न सक्ने पनि जनाइएको छ ।

चालक दलका सदस्यसहित १९१ जना यात्रु बोकेर आएको विमान अवतरणका क्रममा धावनमार्ग बाट चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनाका बेला भारी वर्षा समेत भइरहेको थियो । दुर्घटनापछि दुई टुक्रा भएको विमानमा आगलागी भने भएको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय