scheduleबिहिवार आश्विन ८ गते, २०७७

‘दारा निस्केको महानायिका’ भनेर जिस्काएपछि पुजाको यस्तो आक्रोश

काठमाडौं, २४ साउन । आफुलाई पत्रकारले दारा निस्केको नायिका भनेर बेईज्जत गरेको भन्दै नायीका पुजा शर्माले चित्त दुखाएकी छिन् । शुक्रबार राति फेसबुक पोष्‍ट गर्दै उनले रंगपत्रकार प्रकाश सुवेदीले आफ्नो बेईज्जत गरेको आरोप लगाएकी छन् ।

उनले दीपकराज गिरी, सुदर्शन थापा, सुगम पोखरेल लगायत १० जनालाई ट्याग गर्दै स्टाटसमा भनकी छिन्,  ‘कती चुप रहने ? कती सहने ?’

नायिका शर्माले केही समय अगाडी एउटा टेलिभिजन अन्तर्वार्तामा सामान्य ज्ञानको जवाफ दिने क्रममा नेपालमा ७७ प्रदेश र १४ जिल्ला छ भनेकी थिइन् ।

त्यस लगत्तै उनको धेरै ट्रोल बनेर भाइरल समेत बनेको थियो । उनले फेसबुकमा पत्रकारले आफुलगायत नेपाली नायिकालाई बेला बेला अशिष्‍ट,अभद्र र अमर्यादित शब्द प्रयोग गरेको भन्दै पत्रकारले गर्ने यस्तो व्यवहारप्रति गुनासो गरेकी छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय